छायाँनाथ रारामा रुपान्तरण कक्षा शुरु

असल शासन प्रतिनिधि

मुगु / छायाँनाथ रारा नगरपालिका वडा नम्बर ११ र १२ मा किशोरीहरुका लागि रुपान्तरण कक्षा सञ्चालन भएको छ ।
युनिसेफ नेपालको सहयोग, छायाँनाथ रारा नगरपालिकाको समन्वय र बास नेपालको आयोजना आज एक औपचारीक कार्यक्रमका बिच रुपान्तरण कक्षाको उद्घाटन भएको हो ।

गरिब बिपन्न तथा बिद्यालय बाहिर रहेका किशोर किशोरीहरुलाई साक्षर बनाउने तथा उनीहरुलाई बिद्यालय जान उत्प्रेरित गर्ने उद्धेश्यले उक्त्त रुपान्तरण कक्षा सञ्चालन गरिएको हो । बास नेपालकी छायाँनाथ रारा नगरपालिका सहजकर्ता पार्वती मल्लले सहजिकरण गरेको उद्घाटन कार्यक्रममा वडा नम्बर ११ र १२ का पदाधिकारी, शिक्षक, अभिभावक, सन्चारकर्मि कुमार शाहि, बासका स्वयम सेवक नलिना बुढा, रुपान्तरण प्रशिक्षक गगन बुढा, हिन्दु बोहरा लगायतको उपस्थिती रहेको थियो । किशोरीहरुले बुझ्ने शैलीमा सञ्चालन हुने कक्षा २१ दिन सम्म चल्ने छ ।

  • २३ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech