हतियार देखाएर स्थानीयलाई त्रसित पार्ने नाबालकसहित ७ जना पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ हतियार देखाएर स्थानीलाई त्रसित पार्ने सात जना पक्राउ परेका छन् । पक्राउ पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ का २५ वर्षीय सन्तोष बस्याल, २३ वर्षीय पोषण ओली २१ वर्षीय अलिज मिया, वडा नम्बर ६ का २१ वर्षीय केतु ओली र वडा नम्बर ९ का १८ वर्षीय मोहन बस्नेत रहेका छन् । समूहमा १६ र १७ वर्षीय दुई जना नाबालक पनि रहेको दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । उनीहरुलाई आइतबार तुलसीपुर उपमहानगरपालिका–३ भ्युडरमा रहेको खाली गोठबाट पक्राउ गरिएको हो ।

पक्राउ परेबाट तीन थान हँसिया, बन्चरो एक थान, खुडा एक थान र पेस्तोल जस्तो देखिने लाइटर एक थान बरामद भएको प्रहरीले जनाएको छ ।

  • २३ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech