श्रम शोषणमा परेका दश वर्षीय बालकको तारनतारको पहलपछि उद्धार

असल शासन प्रतिनिधि

नेपालगन्ज/ करिब ५ महिना अगाडि एउटा १० वर्षको अबोध बालक, जो आफ्नो ठूलोबुवाको सल्लाहमा राम्रो स्कुलमा पढ्न पाउने र पछि डाक्टर बन्ने सपना (जुन बाँडिएको सपना हुन्छ) बोकेर काठमाडौं जान्छन् । तर विडम्बना त्यहाँ पुगेको ५ महिनासम्म पढ्न त के ! बालश्रमिकको रुपमा घर, खरायोको खोर र नाली समेत सफा गर्दा गर्दै राम्ररी थकानसमेत मेट्न पाउँदैनन् । न परिवारसँग सम्पर्क गर्न पाउँछन् न थकाई लाग्यो भन्ननै पाउँछन् । उनी अर्थात् कोहलपुरका गोपाल खड्का । जसले ५ महिना कष्टका साथ बिताए ।

बाल्य अवस्थामै चरम बाल शोषणमा परेका उनले उज्यालो दिनको आशा मारिसकेका थिए । पारिवारिक अवस्था कमजोर रहेका उनको यो पीडा कसैलाई थाहानै भएन र कठिनताका साथ पाँच महिना उनले गुजारे । ढिलै भए पनि कोहलपुर–१४, हवल्दारपुर (बैनाथपुर) स्थित ठूलोबुवाको घरमा बसिरहेकी उक्त बालककी दिदी मनिषा खड्का मार्फत् बास नेपालको कोहलपुर उपशाखालाई जानकारी प्राप्त भयो । जानकारी प्राप्त भएपछि बास नेपालको कोहलपुर उपशाखाका अध्यक्ष अस्मिता पुनको तारान्तरको पहल पश्चात् विभिन्न प्रक्रियाहरु पूरा गरी ठूलो कष्ट झेल्दै गोपाललाई कोहलपुर फर्काउन उपशाखा सफल भयो । पुनस्र्थापना भएपछि गोपाल खुसी छन् ।

खड्का दिदी–भाइ घरमा सहारा नपाएकै कारण कोहलपुर–१४ स्थित आफ्नो ठूलोबुवाको घरमा बस्दै आएका छन् । गोपाललाई विगत ३ वर्षदेखि कोहलपुर–८, पिपिरीस्थित क्यानभास बोर्डिङ स्कुलले छात्रवृत्तिमा पढाइरहेको थियो । उनलाई विभिन्न आश्वासन दिएर काठमाडौं लगिएको थियो ।

काठमाण्डौंबाट नेपालगन्ज फर्काइएपछि उनलाई मनोविमर्श सेवा दिनुका साथै उनी र उनका दिदीहरुलाई खाद्यान्नसहित आवश्यक सामाग्री सहयोग गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रम आयोजना गरी बास नेपालको कोहलपुर उपशाखाले उक्त सामाग्री सहयोग गरेको हो ।
बास नेपालकी केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकी, बाँके शाखाका अध्यक्ष रबिन्द्र बोहरा, कोहलपुर उपशाखा अध्यक्ष अस्मिता पुन मगरको उपस्थितिमा खड्कासहित उनका दिदीहरुलाई सामाग्री हस्तान्तरण गरिएको थियो ।

ध्भ ब्िि च्यतबतभ नामक सहयोगी संस्थाले बास नेपाल, कोहलपुर उपशाखा मार्फत् उपलब्ध गराएको खाद्यान्न सामग्री, ग्यास सिलिण्डर र ग्यास चुलो उनीहरुलाई हस्तान्तरण गरिएको छ ।

  • २३ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech