आमाको हत्या गर्ने पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/  कुटपिटबाट आफ्नै आमाको  हत्या आरोपमा रमेशबहादुर थापा पक्राउ परेका छन् ।  सुर्खेतको वीरेन्द्रनगर २ खोली गाउँकी सन्ताउन्न वर्षीया शान्ति थापालाई घाइते बनाई फरार रहेको अवस्थामा ३०  वर्षीय थापालाई बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् ।

थापाले आमालाई शनिबार घर नजिकको खेतमा कुटपिट गरी घाइते बनाएको र आइतबार मृत्यु भएको थियो । उक्त सूचना लगत्तै कार्यालयले प्रहरी निरीक्षक कनकबहादुर शाहीको नेतृत्वमा घटनास्थलमा अनुसन्धान टोली परिचालन गरेको थियो ।

प्रहरीले घटनास्थलमा मुचुल्का र पोष्टमार्टम समेतको प्रारम्भिक अनुसन्धान गरी शव छोरी चम्पा थापाको जिम्मा लगाएको छ ।

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech