बेवारिसे लत्ताकपडा बरामद

असल शासन प्रतिनिधि

नेपालगन्ज/ प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–१६ बाट भन्सार छलेर ल्याएको लत्ताकपडा बेवारिसे अवस्थामा बरामद गरेको छ । बरामद सामग्रीमा बच्चाको ज्याकेट, टिसर्ट, धोती, कुर्तीलगायतका रहेको जमुनाहा प्रहरीका इन्चार्ज मीनबहादुर विष्टले जानकारी दिए ।
विष्टका अनुसार एक लाख ३३ हजार ७६० रुपैयाँ मूल्य बराबरको लत्ताकपडासहितको सामान बरामद भएको हो ।

तस्करहरुले भने प्रहरीलाई देखेपछि सामान छाडेर फरार भएका थिए । बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको बाँके प्रहरीले जनाएको छ ।

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech