२ लाख ४० हजार मूल्य बराबरको कुखुरा बरामद

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँके प्रहरीले २ लाख ४० हजार मूल्य बराबरको कुखुरा बरामद गरेको छ । जानकी गाउँपालिका वडा नं. २ नेवाजीगाउँबाट भे३प ५७२५, भे२प२२०९ र ज४प १८२७ नं. को मोटरसाइकलमा भन्सार छलेर ल्याउँदै गरेको प्रतिबन्धित भारतीय कुखुरा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काको कमाण्डमा गएको टोलीले बरामद गरेको हो ।

बरामद तीन सय कुखुरा आवश्यक कारबाहीको लागि पशु क्वारेनटाइन तथा भन्सार कार्यालय नेपालगन्जमा पठाइएको प्रहरीले जनाएको छ ।

 

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech