६ प्रश्नमा चिरञ्जीवी शर्मा

असल शासन प्रतिनिधि

चिरञ्जीवी शर्मा
(अध्यक्ष)
नेपालगन्ज जेसिस वर्ष (२०२२)

१. तपाईको जीवनको आदर्श के हो ?
मानवताको सेवा नै मेरो जीवनको आदर्श हो ।

२. कसको उत्पे्ररणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
मेरो बुवाको उत्पे्ररणाले म यहाँसम्म आई पुगेको हुँ ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
युवाहरुलाई सर्वाङ्गीण राष्ट्र विकासका लागि उत्प्रेरित गरिरहेको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
एम.आर.मा नाम निस्कदा र जेसिसको अध्यक्षमा निर्वाचित हुँदाको क्षण नै जीवनको अविस्मरणीय क्षण हो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
समुन्नत राष्ट्र, सुखी नागरिक र भ्रष्टचार मुक्त समाज हुनु नै असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
समाजका प्रत्येक युवाहरुलाई सही बाटोतिर डोर्‍याउँदै राष्ट्रका लागि योगदान दिन समक्ष बनाउनु नै समाजका लागि मेरो प्रतिबद्धता हो ।

प्रस्तुतिः मुना विष्ट

 

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech