नेपालगन्ज जेसिसद्वारा आयोजित नेतृत्व विकास तालिम सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज जेसीजले नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा आयोजना गरेको नेतृत्व विकास तालिमको सोमबार समापन भएको छ । माघ १० गतेबाट ५ वटा समूहलाई ३/३ दिन गरेर दिइएको तालिममा २३ वटै वडाबाट लक्षित समूहका १५० जना युवाहरु सहभागी थिए ।

विभिन्न तालिमहरुले जिन्दगीमा फाइदा नै पुग्ने भएको हुँदा यस्तो तालिमहरुमा सहभागिता जनाइराख्न र सिकेको कुराहरु व्यवहारमा पनि उतार्न समापन कार्यक्रममा बोल्ने वक्ताहरुले सहभागीहरुलाई आग्रह गरेका थिए ।

नेपालगन्ज जेसीज अध्यक्ष २०२२ जेसी चिरिन्जीवी गौतमको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा, विशिष्ठ अतिथि जेसीज केन्द्रीय उपाध्यक्ष २०२२ जेसी सेनेटर राम प्रसाद पान्डे,  तालिमका प्रमुख प्रशिक्षक रबिन्द्र कर्ण तथा अतिथिहरु कोहलपुर जेसीज अध्यक्ष २०२२ जेसी ईश्वर शर्मा,  भेरीगंगा जेसीज अध्यक्ष २०२२ जेसी गोपी शर्मा, तालिम संयोजक जेसी अंकित कुमार सिंह, नेपालगन्ज जुनियर जेसीज अध्यक्ष २०२२ जेसी शिव कुमार मौर्य रहेका थिए ।

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech