फत्तेपुरमा जैविक चौतारी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बास नेपालले जैविक चौतारी कार्यक्रम माघ १४ गते सम्पन्न गरेको छ । डिभिजन वन कार्यालयको सहयोगमा बास नेपालले सो कार्यक्रम राप्ती सव डिभिजन बन कार्यालय परिसर मेहमानपुर, फत्तेपुरमा सम्पन्न गरेको हो ।

कार्यक्रममा जैविक विविधता, सवाल, वन संरक्षण र चुनौतीहरुको बारेमा व्यापक छलफल भएको थियो ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजीकरण गरेको कार्यक्रममा राप्ती सव डिभिजन वन कार्यालय परिसर मेहमानपुर, फत्तेपुरका प्रमुख मनोज कुमार शाहले वन सम्बन्धी विवाद समाधान गर्ने, चोरी सिकारी नियन्त्रण, आगलागी नियन्त्रण, वन संरक्षणलगायतका कार्यहरु सव डिभिजन वन कार्यालयबाट भइरहेको जानकारी दिए ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडानम्वर ६ का अध्यक्ष जनकबहादुर चौधरीले वन संरक्षणको सवालमा वडा र पालिका साझेदार गर्न तयार रहेको बताए ।

कार्यक्रममा इलम परियोजनाका प्रमुख प्रकाश थापाले परियोजना बारे जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै सामुदायिक वन समन्वय समिति कम्दीका अध्यक्ष लवराज खरेलले राप्तीसोनारी क्षेत्र बाघ आतंकबाट प्रभावित रहेको, सबै सामुदायिक वनको आर्थिक अवस्था राम्रो नभएको, वन हेरालु असुरक्षित रहेको, पोसाखको व्यवस्था नभएको, उपभोक्ताहरु आधुनिक चुल्हो, ग्यासतर्फ आकर्षण नरहेको बताएका थिए ।

कार्यक्रममा सदाबहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमबहादुर बुढाथोकी, कुसुमिया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बिसराम थारु, भगवती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष उषा चौधरी, सुनखोली सामुदायिक वन उपभोक्ता समूहका होम बहादुर खड्का, राप्ती पीडित सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष अगनु थारु, मन्दपुवा सामुदायिक वन उपभोक्ता समूहका सहसचिव जगपाल दिक्षित, सिद्धबाबा सामुदायिक वन उपभोक्ता समूहका मुकुन्द पाण्डे, पोखरामाता सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यम बहादुर मल्ल, सिद्धेश्वर सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष कल्लु थारु लगायतले वनसँग विभिन्न सवालहरु उठान गरेका थिए ।
बासकी केन्द्रीय सदस्य नोरी चौधरीले स्वागत गरेको कार्यक्रमको अन्तमा वनका विविध सवालमा निष्कर्ष निकालिएको थियो ।

कार्यक्रमको अन्तमा बृक्षारोपण गरेको स्थानमा तारवार गर्ने, खाद्यमलको व्यवस्था गर्न पहल गर्ने, सोत्तर पातहरुको व्यवस्थानि गर्ने, जैबिक मलको लागि प्रश्तावना पेश भएकोे खण्डमा बन कार्यालयबाट सहयोग गर्ने, बि ग्रुपको सहयोगमा भगवती सामुदायिक बनले गरेको कागति खेतीका लागि सिंचाईको व्यवस्था गर्ने, आम्दानीको श्रोत सबै सामुदायिक बनहरुले बढाउने, पोखरी खन्नका लागि तयार रहेका बनहरुलाई बन कार्यालयबाट सहयोग गर्ने, व्यापक रुपमा बृक्षारोपण गर्ने, सिधनवा सामुदायिक बन उपभोक्ता समूह नविकरण नभएकाले उपभोक्ताहरु बिच रहेको बिबाद मिलाई नविकरणको प्रकृयामा अघि बढ्ने, बर्षे समयमा घाट गद्धिका लागि सम्वन्धित निकायबाट अनुमतिका लागि नियमानुसार पहल गर्ने, बाघबाट बच्ने उपायहरु बारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बन हेरालुको सुरक्षाका लागि ध्यान दिने प्रतिबद्धता जनाईएको थियो ।

  • २६ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech