शाहको नेतृत्वमा अप्टिमिस्ट क्लब

असल शासन प्रतिनिधि

नेपालगन्ज/ अप्टिमिस्ट क्लब अफ नेपालगञ्जको अध्यक्ष पदमा नमस्कार शाह सर्वसम्मत चयन भएका छन् । अन्तर्राष्ट्रिय संस्था अप्टिमिस्ट क्लबको सम्पन्न साधारण सभाबाट शाह अध्यक्ष चयन भएका हुन् ।

२०२० नोभेम्वर २१ मा अप्टिमिस्ट क्लब अफ इन्टरनेशनलबाट आबद्धता प्राप्त गरेको क्लबको उपाध्यक्षमा कमल शाही, सचिवमा किरण कार्की, कोषाध्यक्षमा रेखा श्रेष्ठ चयन भएका छन् भने डाइरेक्टर पदमा दिला शाह, कुमार अधिकारी र पूर्ण ढकाल रहेका छन् ।

यसैगरी सदस्यहरुमा क्रमशः लुना बुढाथोकी, मधुसुदन अधिकारी, रमेश कुमार मल्ल, डाक्टर रोमा बोरा, डाक्टर अभिषेक अर्जेल, नन्दा घिमिरे, गीता खत्री, दिनेश भण्डारी, राम न्यौपाने, मधुसुदन अधिकारी, केपी घिमिरे, देविदत्त आचार्य, यमुना रोकाय, गीता खत्री, प्रभा थापा मगर, पवन कुमार आले, हंश बहादुर शाही, शिवा शाह रहेका छन् ।

निर्वाचित कार्य समितिलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शाहलाई माला लगाएर पद हस्तान्तरण गरिएको थियो भने निवर्तमान सचिव कमल शाहीले सचिव किरण कार्कीलाई माइन्युट हस्तान्तरण गरेका थिए ।

सदस्य दिला शाहले स्वागत गरेको कार्यक्रममा रोटरी क्लब अफ नेपालगन्जका अध्यक्ष डाक्टर विनोद कर्ण र रोटरी क्लब अफ सेन्ट्रल नेपालगञ्जका अध्यक्ष पुरन चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष रमेश सिटौला र अध्यक्ष नमस्कार शाहले बोलेका थिए ।

 

  • २६ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech