जिल्ला विपद् व्यवस्थापन समिति बाँकेलाई स्वास्थ्य सामग्री सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कोरोना संक्रमण रोकथामका लागि आवश्यक पर्ने विभिन्न प्रकारका स्वास्थ्य सामाग्री भेरी वातावरणीय विशिष्ठता समूह बि–ग्रुपले जिल्ला विपद व्यवस्थापन समिति बाँकेलाई उपलब्ध गराएको छ ।

अष्ट्रेलियन एडको आर्थिक सहयोगमा केयर नेपालसंगको सहकार्यमा बि–ग्रुपद्वारा जिल्ला विपद व्यवस्थापन समिति बाँकेलाई कोभिड–१९ आपतकालिन प्रतिकार्य पूर्णलाभ परियोजना अन्तरगत भिटिएम २५० थान, सिमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेलाई लक्षित गरी कोरोना जाँचको लागि आवश्यक पर्ने एन्टिजेन ५ हजार, सर्जिकल मास्क ४० हजार पिस, होम आईशोलेशन सामग्री ७५ सेटलगायतका सामाग्री हस्तान्तरण गरिएको बि–ग्रुपका अध्यक्ष टेकबहादुर पुनले जानकारी दिए ।

सामाग्री बुझ्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कोभिड तथा अन्य महामारीको बेलामा प्रतिकार गर्नको राज्य एक्लैको प्रयासले मात्र केही नहुने अवस्थामा विभिन्न प्रकारका स्वास्थ्य सामाग्री सहितको सहकार्यका लागि हात बढाउने बि–ग्रुप लगायतका संस्थाहरुलाई धन्यबाद दिए ।

  • २६ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech