लागू औषध दुर्ब्यसन विरुद्ध सडक नाटक

असल शासन प्रतिनिधि

लागू औषध दुर्ब्यसन विरुद्ध सचेतनामुलक सडक नाटक सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ को सहयोग र असल शासन मिडियाको आयोजनामा वडा नम्बर १७ को परसपुर चोकमा उक्त सडक नाटक सम्पन्न भएको हो ।
सडक नाटकको समापन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष अजय पाठकले समाजमा बढदै गएको लागू औषध दुर्ब्यसन बिरुद्ध सबैको हातेमालो आवश्यक रहेको बताए । पछिल्लो समय लागु औषध दुर्ब्यसन जटिल समस्याको रुपमा फस्टाउदै गएको बताउदै यसको रोकथाम तथा नियन्त्रणका लागि सबै सचेत रहन पाठकले अनुरोध गरे ।


नाडकमा कलाकार मन भण्डारी, लोक बहादुर घर्ति, रबिन्द्र बोहरा, शोभा थापा, अशोक रावल, मञ्जु थापा, जानकी बि.क. र शुद्ध चौधरीले अभिनय गरेका थिए । नाटकमा लागु औषध दुर्ब्यसनको असर, समाज र परिवारमा पार्ने प्रभाव, यस्को रोकथाम लगायतको विषयको उठान गरिएको थियो । सडक नाटकमा वडा नम्बर १७ का अध्यक्ष अजय पाठक, वडा सदस्यहरु, वडाका कर्मचारी, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख डिल्ली खड्का, असल शासन मिडियाका अध्यक्ष नमस्कार शाह, सञ्चालक समितिका सदस्य लुना बुढाथोकी, पुरन थारु लगायतको उपस्थिती रहेको थियो ।

  • २७ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech