राप्ती सोनारीको दशौं गाउँसभामा पाँच विधेयक पेश

असल शासन प्रतिनिधि

बाँके(अगैया)/ राप्ती सोनारी गाउँपालिकाको दशौं गाउँसभा बिहीबारबाट सुरु भएको छ । सभामा विभिन्न ५ वटा विधेयक पेश गरिएको छ । गाउँपालिकाले भुमी, स्वास्थ्य तथा सरसफाई, कृर्षी तथा पशुपंक्षी, खानेपानी तथा सरसफाइ र स्वच्छता र नमुना वन सम्बन्धी विधेयक पेश गरिएको हो ।

गाउँपालिकाका विधायन समितिका संयोजक एवम् वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारुले सभामा पेश गरेका थिए । सभामा पेश गरिएका विधेयकहरु अध्ययन गर्नका लागि सदस्यहरुलाई वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको सभाध्यक्षतामा बसेको गाउँसभामा गाउँपालिकाले गरेका कामको समीक्षा र भावी योजना तथा कार्यक्रमका बारेमा छलफल भएको थियो ।

सभाका सदस्यहरु तथा राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष मदनकुमार ओली, वडा नम्बर ६ का वडाअध्यक्ष जनकबहादुर थारु, वडा नम्बर १ का वडासदस्य द्धय रुद्रमणि ढकाल र टिकाराम बस्नेतले आफ्नो धारणा राखेका थिए । सभामा उठेका प्रश्न र जिज्ञासाको सभाध्यक्ष थारुले जवाफ दिएका थिए । सभामा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, वडाअध्यक्ष, वडासदस्य, कर्मचारी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । उक्त सभा आगामी फागुन २ गते पुनः बस्ने गरी स्थगित भएको छ ।

  • २७ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech