सांसद बानियाँविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता

असल शासन प्रतिनिधि

नेपालगन्ज/ जिल्ला प्रहरी कार्यालय बाँकेले सांसद मोहन बानियाँविरुद्ध उजुरी परेको जबरजस्तीको करणीको जाहेरी दर्ता गरेको छ । जुम्लाकी एक शिक्षिकाले सांसद बानियाले जबरजस्तीकरणी गरेको जाहेरी दिएपछि बाँके प्रहरीले उक्त जाहेरी दर्ता गरेको हो ।

शाही थरकी महिलाले माघ १९ गते नेपालगन्जको अप्सरा होटलमा सांसद बानियाँले कण्डम लगाएर दुईपटक जबरजस्ती करणी गरेको जाहेरी दिएकी छिन् । गत सेमाबार दिएको जोहरी बिहीबार दर्ता भएको हो ।

बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले सांसद बानिया विरुद्धको जाहेरी दर्ता भएको जानकारी दिए । प्रहरी प्रवक्ता न्यौपानेले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बानियालाई नियन्त्रणमा लिने बताए । सांसद बानियाले आफ्नो राजनीति सिध्याउन सुनियोजित तरिकाले फसाइएको प्रतिक्रिया दिएका छन् ।

  • २७ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech