कालिकोटका किशोरीहरुलाई रुपान्तरण कक्षा

असल शासन प्रतिनिधि

कालिकोट/ विद्यालय बाहिर रहेका किशोरीहरुलाई लक्षित गरी कालिकोट जिल्ला रास्कोट नगर पालिका वडा नं. ८ मा रुपान्तरण कक्षा सञ्चालन गरिएको छ । युनिसेफ नेपालको सहयोग, रास्कोट नगरपालिकाको समन्वय र बास नेपालको आयोजनामा माघ १७ गतेदेखि कक्षा सञ्चालनमा आएको हो ।

किशोरीहरुका लागि सामाजिक तथा आर्थिक सीप विकास तालिमको उद्घाटन गरिएको हो । रास्कोट नगरपालिका वडा नं ८ का अध्यक्ष कृष्णराज धमलाले उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा बोल्दै वडा अध्यक्ष धमलाले विद्यालय बाहिर रहेका किशोरीहरुलाई शिक्षातर्फ उन्मुख गराउने अभियानका साथ सञ्चालन भएको बताए । कार्यक्रममा बोल्दै उनले गाउँ घरमा विभिन्न कारणले विद्यालय जान नसकेका किशोरीहरुका लागि कक्षा सञ्चालन गरेकोमा युनिसेफ र बास नेपाललाई धन्यबाद दिएका छन् ।

युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा सञ्चालीत बाल संरक्षण कार्यक्रम अन्तर्गत नगरपालिका भित्र विभिन्न वडामा रहेका १९ वर्षमुनिका १०० जना किशोरीहरुको ४ ओटा समूह गठन गरी २१ दिने रुपान्तरण कक्षा खाडाचक्र नगरपालिका र रास्कोट नगरपालिकामा सञ्चालन भएको छ । यसरी रुपान्तरण कक्षामा सहभागी किशोरीहरुलाई आवश्यकता अनुसार विद्यालय भर्ना गर्न प्रोत्साहन गरिने बास नेपालले जनाएको छ । कार्यक्रमको सञ्चालक रुपान्तरणका शिक्षक विश्वनाथ बरालले गरेका थिए ।

  • २७ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech