जानकीमा १५ शैय्याको अस्पताल बन्दै

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको जानकी गाउँपालिकामा १५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । शुक्रबार उक्त अस्पतालको लुम्बिनी प्रदेश सभा सदस्य बाबुराम गौतम र जानकी गाउँपालिकाका कार्यबहाक अध्यक्ष भूमिसरा धितालले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

दुई वर्षमा कार्य सम्पन्न गर्ने गरी बोलकबोलमा हिम सगरमाथा र अनक निर्माण सेवाले संयुक्त रुपमा ११ करोड ४४ लाख १ हजार १३२ रुपैयाँमा सो भवन निर्माणको संझौता गरेका छन् । बाँकेको जानकी गाउँपालिका वडा नम्बर– ४ हालको गाउँपालिका रहेको स्थानमा सो भवन निर्माण गर्न लागिएको हो ।

हरेक नागरिकलाई सुलभ र निःशुल्क स्वास्थ्य सेवा दिनु स्थानीय र संघीय सरकारको कर्तव्य भएकोले अस्पताल निर्माण पश्चात यस क्षेत्रका नागरिकलाई गुणस्तरीय सेवा पाउने सभासद गौतमको भनाइ रहेको छ ।

जानकी गाउँपालिकामा अधिकांश मधेसी र मुस्लिम समुदायको बाहुल्यता रहेको र उनीहरुको पायक पर्ने स्थानमा स्वास्थ्य सेवा लिन पाउने अधिकारको सुनिश्चताका लागि अस्पताल निर्माण लागिएको कार्यबहाक अध्यक्ष धितालको भनाइ छ ।

अस्पताल निर्माणका लागि जनप्रतिनिधि र कर्मचारीको अथक पहलबाट कार्यसम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए ।

  • २८ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech