बासको ९ औं महाधिवेशनको तयारी तीव्र

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासको ९औं महाधिशेनको तयारी समिति संयोजक र बास विभाग प्रमुखहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।
नेपालगन्जमा भएको संयुक्त बैठकले यहि चैत्र १८ र १९ गते नेपालगन्ज तय भएको महाधिबेशनको तयारीलाई थप तिब्रता दिने निर्णय गरेको छ ।
बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको बैठकमा महाधिबेशनलाई कसरी भब्यताका साथ सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा समिति संयोजक तथा विभाग प्रमुखहरुले आ–आफ्ना योजना प्रस्तुत गरेका थिए । बैठकले एक हप्ता भित्र पूर्ण नभएका समितिहरुलाई पूर्ण गर्ने र सबै समितिले आगामी बैठकमा समितिको कार्यक्रम र योजना पेश गर्ने गरी उपस्थित हुने निर्णय गरेको छ । बैठकको सहजिकरण बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।

  • २८ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech