महेन्द्रनगरमा सरसफाई अभियान

असल शासन प्रतिनिधि

महेन्द्रनगर / भिमदत्त नगरपालिका कन्चनपुरमा सरसफाई अभियान शुरु गरिएको छ ।


भिमदत्त नगरपालिकाको सहकार्यमा बास नेपाल कन्चनपुर शाखाले आज महेन्द्रनगर स्थित खुला मन्च सरसफाई गरेको छ । महेन्द्रनगर सरसफाई अभियान नाम दिईएको उक्त अभियानको शुरुवात खुल्ला मन्च सरसफाईबाट शुरु गरिएको बास कन्चनपुर शाखाका अध्यक्ष पुष्कर राज पन्तले बताए ।

खुल्ला मन्च सरसफाईकालागि आज बिहानै बास कन्चनपुरका पदाधिकारी तथा स्वयम् सेवकहरु पुगेका थिए । खुल्ला मन्चबाट संकलन भएको फोहोर ब्यवस्थापनका लागि नगरपालिकाका सरसफाई कर्मचारी समेत खटिएका थिए । नगरपालिकाको सहकार्यमा सरसफाई अभियानलाई नियमित रुपमा अगाडी बढाउने योजना रहेको बताईएकोछ ।

  • २९ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech