ट्याक्टर पल्टिँदा एकको मृत्यु, १७ घाइते

असल शासन प्रतिनिधि

नेपालगन्ज\ बर्दियाको बाँसगढीमा दुलही छोडेर फर्कदै गरेको ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका ७ बाट बाँसगढी ४ बठुवा गाँउमा दुलही फर्काउन आएको भे २ त १३१६ नम्बरको ट्रयाक्टर शनिबार दिउँसो १२ बजे तिर बाँसगढी, मगरपुर, वेलौली र बठुवा जाने चोकमा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते ठाकुरबाबा ७ का १५ बर्षीय सुमन थारुको उपचारका क्रममा कौशिल्या मेमोरियल अस्पताल बाँसगढीमा मृत्य भएको छ । दुर्घटनामा घाइते १६ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा र एक जनाको कौशिल्या अस्पताल बाँसगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ ।

  • २९ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech