पेस्तोल देखाई लुटपाट गर्ने दुई भारतीय नागरिक पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज\ बाँके प्रहरीले रातिको समयमा पेस्तोल देखाई लुटपाट गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बहराइच जिल्ला रुपैडिहा निबियाका २६ वर्षीय डब्लु मनिहार र बाबागन्ज बाबाकुटीका २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् ।

प्रहरीका अनुसार, उनीहरुले गत पुस २९ गते राती बढैयाताल गाउँपालिका वडा नम्बर ८ सितलाबजार बर्दियाका पर्शुराम सार्कीको घरबाट पेस्तोल देखाई ३ लाख ३५ हजार बराबरको नगद र सुन लुटेका थिए । त्यसैगरी, माघ १७ गते खजुरा गाउँपालिका डि गाउँका हरिप्रसाद बिकको घरबाट पेस्तोल देखाई ५० हजार रुपैयाँ नगद, साढे तीन तोला सुन र २२० सिसीको पल्सर मोटरसाइकल लुटेका थिए । बिकको उक्त मोटरसाइकल बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५, बढैयाताल नजिक रहेको पोखरीमा माघ १८ गते साँझ फेला परेको प्रहरीले बताएको छ । पेस्तोलसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

पक्राउ परेकाले रातीको समयमा विभिन्न ठाउँमा गएर पेस्तोल देखाई डर धम्की दिई लुटपाट उनीहरु संलग्न थिए । इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शनिबार बाँकेको जानकी गाउँपालिका वडा नम्बर ५ बुढियागाउँबाट १ थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

  • २९ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech