लुम्बिनी प्रदेश स्थापना दिवस तीन दिन मनाइँदै

असल शासन प्रतिनिधि

नेपालगन्ज\ लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रमसहित तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने भएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माका अनुसार फागुन १ गतेदेखि ३ गतेसम्म ३ दिन प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । प्रदेशको राजधानी दाङ तोकिएकाले सोही स्थानमा तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो ।

कोभिड संक्रमणको जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै प्रतिकात्मक रूपमा स्थापना दिवस मनाउने गरी प्रदेश सरकारले योजना बनाएको मन्त्री शर्माले जानकारी दिएका छन् ।

  • २९ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech