२ हजार ६ सय ३ ज्येष्ठ नागरिकले पाए न्यानो सामाग्री

असल शासन प्रतिनिधि

नेपालगन्ज/  डुडुवा गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत सम्पूर्ण ज्येष्ठ नागरिहरुलाई न्यानो सामाग्री वितरण गरिरहेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्तासँगै वितरण गरिरहेको हो ।

ज्येष्ठ नागरिकसँगै अपाङ्गङता भएकाहरुलाई पनि आइतबार सामाजिक सुरक्षा भत्ता र न्यानो सामाग्री वितरण गरिएको छ । वार्ड नं. २ र ३ का पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका (क) र (ख) वर्गका अपाङ्गता भएका १ सय ७ जनालाई न्यानो सामाग्री वितरण गरिएको छ । गाउँपालिकाले अहिलेसम्म दुई हजार ६ सय ३ जनालाई न्यानो सामाग्री वितरण गरिसकेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चोधरीले बताए ।

गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका ज्येष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट), च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको हो । गाउँपालिकाले गाउँ टोलबाटै ज्येष्ठ नागरिकहरुलाई सवारी साधनमार्फत् घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । घरबाट ल्याएर नेपालगन्जका ज्योति विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत् दुईजना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८।०७९ को पहिलो र दोस्रो त्रेमासिक साउनदेखि पुससम्मको भत्ता वितरण भइरहेको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।

बैंकबाट भत्ता बुझेका ज्येष्ठ नागरिकहरुलाई एक÷एकवटा बलान्केट र च्यवनप्राश वितरण गरी घरैसम्म पु¥याउने गरिएको छ । गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पूरा गरेका ज्येष्ठ नागरिक, ६० वर्ष पूरा गरेका ज्येष्ठ नागरिक दलित र एकल महिला गरी दुई हजार सात सय २८ जना र ३ सय ३८ जना अपाङ्गता भएकाहरुलाई कम्वल र च्यवनप्राश वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

 

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech