भारतबाट पाँच किशोरकिशोरीको उद्धार

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सीमावर्ती भारतीय बजार रुपईडिहाबाट बाँके प्रहरीले पाँच जना किशोरकिशोरीको उद्धार गरेको छ । अभिभावकहरुले आफ्ना किशोरकिशोरी हराएको सूचना प्रहरीलाई दिएपछि इलाका प्रहरी कार्यालय जमुनाहाबाट प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले सीमापारी रुपईडिहा बजारबाट उनीहरुको उद्धार गर्न सफल भएको हो ।

विष्टका अनुसार बैजनाथ गाउँपालिका–६ बाँकेकी १८ वर्षीया तारा सुनार, कोहलपुर नगरपालिका–११ की १८ वर्षीया स्मारिका शाही, कोहलपुर नगरपालिका–३ का १६ वर्षीय सागर चन्द, बाँसगढी नगरपालिका–२ बर्दियाका १८ वर्षीय आदर्श सुनार र सोही स्थानका १९ वर्षीय सुजित सुनारलाई उद्धार गरिएको हो । उनीहरुलाई सोधपुछ गरेर परिवारको जिम्मा लगाइएको बाँके प्रहरीले जनाएको छ ।

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech