जनयुद्ध दिवसः रक्तदातसँगै सहिद तथा बेपत्ता परिवारलाई सम्मान

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेकपा माओवादी केन्द राप्ती सोनारी गाउँपालिका कमिटीले २७ औं जनयुद्ध दिवस विविध कार्यक्रम गरेर भव्य रुपमा मनाएको छ । नेकपा माओवादी केन्द्र राप्ती सोनारी कमिटीको आयोजनामा रक्तदानसँगै सहिद तथा बेपत्ता परिवारका आफन्तलाई सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

राप्ती सोनारी वडा नं. ६ सहिद स्मृति पार्कमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननिय महेश्वर गहतराज अथकले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मन्त्री अथकले देश अहिले माओवादीकै मुद्दामा चलेको भन्दै संघीयता, गणतन्त्र, धर्मनिरिपेक्षता लगायतका मुद्दा माओवादीकै भएको बताए ।

आमूल परिवर्तनका लागि सहिद तथा बेपत्ता पारिएका योद्धाहरुको सपना साकार पारेरै छाड्ने मन्त्रि अथकले उद्घोष् गरे । राप्ती सोनारी ७० जना सहिद तथा बेपत्ता परिवारका आफन्तहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न जात जातिको कला संस्कृति झल्कने झाँकी नाच समेत प्रस्तुत गरिएको थियो । तत्कालीन नेकपा माओवादीको आह्वानमा २०५२ फागुन १ गते व्यवस्था परिर्वतनको लागि जनयुद्ध थालेको थियो । उक्त शसक्त आन्दोलन करिब १० वर्ष चल्यो ।

वि.सं.२०६३ मा माओवादी शान्ति प्रक्रियामा आएको हो । जनयुद्ध सुरु भएको दिनको सम्झनामा आयोजना गरिएको रक्तदान तथा सम्मान कार्यक्रममा करिब ३ दर्जन बढीले रक्तदान गरेका थिए । कार्यक्रममा माओवादीका प्रदेश कमिटी सदस्य नरेन्द्र पाण्डे (जेम्स) प्रदेश सदस्य अमर खड्कालगायतका नेताहरुको उपस्थिति रहेको थियो । नेकपा माओवादी केन्द्र राप्ती सोनारीका अध्यक्ष चिम बहादुर घर्तीको सभापतित्वमा कार्यक्रम भएको थियो ।

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech