बाँकेमा ४२ हजार मतदाता थपिए

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेमा करिब ४२ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले साउनदेखि माघ २४ गतेसम्ममा जिल्लामा करिब ४२ हजार मतदाता थपिएको जानकारी दिए । यद्यपी जिल्लाको यकिन मतदाता संख्या निकाल्न भने केही दिन लाग्ने उनको भनाइ छ ।

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई माघ २९ गतेसम्म बसाइसराइसहितको यकिन तथ्यांक पठाउन निर्देशन दिएको थियो । निर्वाचन कार्यालय बाँकेले एक महिनाभित्र मतदाता संख्या यकिन हुने बताएको छ । जनशक्ति अभावका कारणले बाँकेले त्यो काम पूरा गर्न सकेको छैन । निर्वाचन अधिकारी सुवेदीले अहिले मतदाता नामावली मिलाउने काम द्रुतगतिमा भइरहेको बताए । २०७७ पुस ५ गतेसम्ममा बाँकेमा दुई लाख ८८ हजार १४२ मतदाता थिए । नयाँ मतदाताको संख्या अद्यावधिक भएको छैन् ।

 

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech