१५ महिला उद्यमीलाई दालमोट तथा भुजिया बनाउने तालिम 

असल शासन प्रतिनिधि

नेपालगन्ज/ राप्ती सोनारी गाउँपालिका वडा नं. ९ मा २ दिने दालमोट तथा भुजिया बनाउने तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत राप्ती सोनारी गाउँपालिकाको आयोजनामा उद्यमशीलता तालिम लिएका उद्यमी महिलाहरुलाई तालिम दिइएको हो ।

राप्ती सोनारी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष महाविर वलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा न ९ का १५ जना उद्यमी महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष महाविर वलीले तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागु गरी व्यवसायिक बन्न आग्रह गरे । उनले आफूले सिकेको सीपलाई आफ्नो गाँउका अन्य महिला दिदीबहिनीहरुलाई पनि सिकाउन आग्रह गरे ।

कार्यक्रममा कार्यपालिका सदस्य मिना विष्ट, वडा सदस्य, सिता विक, सहजकर्ता मिट्टु कुमारी थारु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सहजकर्ता त्रिशालु बुढाथोकीले गरेकी थिइन् ।

 

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech