राप्ती सोनारीको गाउँसभाबाट ६ वटा विधेयक पारित

असल शासन प्रतिनिधि

नेपालगन्ज/ राप्ती सोनारी गाउँपालिकाले विभिन्न ६ वटा विधेयक पारित गरेको छ । गाउँपालिका कार्यालय अगैया बाँकेमा सोमबार सम्पन्न भएको १० औं गाउँसभाले कृषि तथा पशुपंक्षी विधेयक, खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धी विधेयक, नमुना वन विधेयक, भुमी सम्बन्धी विधेयक, स्वास्थ्य तथा सरसफाई सम्बन्धी विधेयक र सहकारी सम्बन्धी संशोधित ऐन सर्वसम्मत रुपमा पारित भएको हो ।

सभाका सदस्यहरुले ताली बजाएर उक्त कानुनहरु पारित गर्नु भएको थियो । सो क्रममा राप्ती सोनारी गाउँपालिका अध्यक्ष एवम् १० औं गाउँसभाका सभाध्यक्ष लाहुराम थारुले ६ वटै विधेयकहरु सर्वसम्मत रुपमा पारित भएको घोषणा गर्नुभयो । यस्तै गाउँसभाले उपाध्यक्ष धनीकुमारी खत्रीले प्रस्तुत गर्नु भएको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था र बजेट संशोधनलाई पनि सर्वसम्मत रुपमा पारित गरेको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिनुभयो ।

सभामा गाउँपालिकाका विधायन समितिका संयोजक गंगाराम थारुले प्रस्तुत विधेयकबारे आफ्नो धारणा राख्नु भएको थियो । यस्तै सभाका सदस्य महाबीर ओली, टिकाराम बस्नेत र धनी ओलीले सम्बोधन गर्नु भएको थियो । गत माघ २७ गते १० औं गाउँसभा सुरु भएको थियो । सभाको पहिलो बैठकमा प्रस्ताव गरिएका विधेयकका मस्यौदा अध्ययन गर्नका लागि सभासदहरुलाई समय दिइएको थियो ।

  • २ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech