फागुन ३ गते लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ लुम्बिनी प्रदेश सरकारले भोली सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकारले भने स्थायी राजधानी दाङको देउखुरीमा प्रदेश स्थापना दिवस मनाउने भएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजनामा हुने कार्यक्रम स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्तिहरू, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिहरूलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको छ ।

सूचना अधिकारी कमान सिंह थापा मगरका अनुसार भोलि मनाउन लागिएको स्थापना दिवसको तयारी पूरा भएको र सबै मन्त्री तथा प्रदेश प्रमुख दाङ पुगेका छन् । प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभा सभामुख पूर्ण घर्तीसहित प्रदेश मन्त्रीहरूको सहभागिता रहने कार्यक्रममा मन्त्रालयहरूले गरेको प्रगति प्रतिवेदन, प्रदेशको डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभुषण वितरण गरिने उनले बताए ।

प्रदेश राजधानीका सबै गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भएपनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो । १७ महिना अगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै सरकारले सबै काम गर्दै आएको छ ।

  • २ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech