विकलाई साउदीमा मर्न बाध्य पारियो

असल शासन प्रतिनिधि

नेपालगन्ज/  भनिन्छ– ‘जत्रो अपराध हो त्यत्रै सजाय पाउनु पर्छ’ । कानूनको सर्वमान्य सिद्धान्त पनि यही हो । तर विदेशिएका धेरै नेपालीहरुले अनाहकमा अनेकन दुःख कष्ट मात्र पाएका छैनन्, ज्यान समेत गुमाउनु परेको छ ।

साउदीमा हालै एक यूवकमाथि यस्तै घटना भएको छ । सोलुखुम्बु घर भई काठमाडौं बौद्ध टुसाल बस्ने २५ वर्षीय मणिकुमार बि.क माथि पनि हालै साउदीमा यस्तै दर्दनाक घटना भयो । चार महिना अघि अब्दाल सप्लाइ कम्पनी रियादमा पुगेका विक २०२२ जनवरी २९ मा आफ्नै बासस्थानमा आत्महत्या गरेको अवस्थामा भेटिए । सप्लाइ कम्पनीमा आए पनि कम्पनीले अर्कै रेस्टुरेन्टमा डाइनिङ् डिपार्टमेन्टमा काम लगाएको थियो । रात्री ड्युटी गर्ने क्रममा रेस्टुरेन्टमा खाना खान आएका ग्राहकको १०००रियाल (नेपाली रु.३१,०००।) फेला पारेपछिको घटनाक्रमले उनलाई आत्महत्याको मुखमा पुर्‍याएको प्रत्यक्षदर्शी बताउँछन् ।

सीसी टीभी फुटेजमा विकले पैसा भेटाएको प्रमाणित भएपछि सो रकम रेस्टुरेन्टको सिफ्ट म्यानेजरमार्फत् सोही ग्राहकलाई उपलव्ध गराइएको थियो । मृतकका साथीको भनाइ अनुसार फलीपीनो म्यानेजरले मृतक बिकलाई एउटा घटना प्रतिवेदन(इन्सीडेण्ट रिपोर्ट ) आफूबाट काम गर्ने क्रममा गल्ती भएको र आइन्दा गल्ती नगर्ने व्यहोराको कागजमा सहि गर्न लगाइएको थियो । अर्को दिन ड्युटीबाट फर्केपछि छुट्टीमा रहेका मृतक बिकलाई टर्मीनेट पेपर (काम गरेको स्थानबाट पुन सप्लाइ कम्पनी फर्काउने व्यहोराको पत्र)मा सही गर्न र आफ्नो साथमा भएको कम्पनीको युनिफर्म सबै फिर्ता गर्न भनेपछि लगत्तै विकले आत्महत्या गर्न पुगेको बताइन्छ ।

फीलीपीनो म्यानेजरकै कारण विकले आत्महत्या गर्न बाध्य भएकोले उनलाई कानूनी दायरामा ल्याउनु पर्ने प्रत्यक्षदर्शीको माग छ । मृतकका निकट साथी सुरज विकका अनुसार घटनाबारे विस्तृत अध्यन गर्न, मृत शरीरलाई नेपाल पठाउन छिटो सहयोग गरिदिन नेपाली दूतावास रियाद, एनआरएनए आरसिसीमा जानकारी गराइसकेको र आत्महत्या केस भएकोले पेपरहरु तयार गर्न, पोलिस रिपोर्ट पाउन केही बढी समय लाग्ने भएकोले मृत शरीर पठाउन केही समय लाग्ने तर सम्बन्धित पक्षसित समन्वय गरी छिटो पठाउन सहयोग गर्ने दूतावासले जनाएको छ ।

  • ३ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech