दैलेखमा ५५ लाख बराबरको गहनासहित दुई पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ दैलेख प्रहरीले ५५ लाख बराबरको गरगहना सहित दुईजनालाई पक्राउ गरेको छ । कैलालीको नारायणपुर गाउँपालिका साबिक–९ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बस्ने डम्बरप्रसाद ढुंगाना र कैलाली टीकापुर नगरपालिका–९ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ बस्ने २६ वर्षीय दीपक पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ५५ लाख ४० हजार १३९ रुपैयाँ बराबरको चाँदी जस्तो देखिने गरगहना लगायत विभिन्न सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिए । सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे१च ३२१३ नम्बरको डबल क्याप बोलेरो जाँच गर्दा उक्त गाडीमा सो गरगहना बरामद भएको हो । बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा ल्याइएको छ ।

  • ३ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech