मुखमा लुकाएर लागुऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेसँग जोडिएको भारतीय बजार रुपैडिहाबाट मुखमा लुकाएर ३ ग्राम ब्राउन सुगर ल्याउने क्रममा कोहलपुर नगरपालिका ५ रझेनाका २२ वर्षीय सनिस केसीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएका प्रहरी नायब निरीक्षक मिनबहादुर विष्टको टोलीले शंका लागेर चेकजाँच गर्दा केसीलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पछिल्लो समय प्रहरीलाई छल्न रुपैडिहाबाट लागु औषध खरिद गरी मुखमा, कानमा, कपालमा र मलद्वारमा लुकाएर आउने क्रममा पक्राउ पर्ने गरेका छन् ।

  • ३ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech