विदेशबाट पैसा पठाउन लगाएर ट्याक्सी ड्राइभर माधव कार्कीसँग घुम्थिन् रमिना

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भोजपुर जिल्लाको साङ्पाङ गाविस वडा नं. २ निवासी पुष्प बहादुर सुनुवारले भोजपुरकै टक्सार गाविस वडा नं ६ का रमिना श्रेष्ठसँग विवाह बन्धनमा बाधिएका थिए । उनीहरुको ५ वर्षीय छोरा समेत छन् । उनकी श्रीमती रमिना श्रेष्ठ सम्पर्कविहीन भएको ३ महिना भएको छ । सुनुवार साढे ३ वर्षदेखि दक्षिण कोरियामा छन् ।

पुष्पकी श्रीमतीको भाइ र बहिनीलाई ऋणस्वरुप पठाएको पैसा पनि फिर्ता पाउन सकेको छैन । माइती पक्षले भने पुष्पको फोन कल ब्लक लिस्टमा राखेको बताए । केही महिना अघि उनकी श्रीमतीले आफ्नो ट्याक्सी ड्राइभर दोलखाका माधव कार्की ब्वाइफ्रेण्ड रहेको बताएकी थिइन ।

श्रीमान विदेश गएको ६ महिनापछि आफू रिलेशनमा रहेको र साँढे २ बर्ष भैसकेको कुरा उनकी श्रीमतीले बताएकी थिइन् । चाबहिल, ललितपुरका गेस्ट हाउसमा आफ्नो ब्वाइफ्रेण्डसँग कैयौं रात बिताएको समेत उनकी श्रीमतीले बताएकी थिइन् । रमिनाले अनेक बहाना बनाएर निहुँ निकालेर झगडा गरीरहीन । उनै पुष्पलाई बेला बेलामा माफी माग्दै पैसा पठाउन लगाइरहन्थिन र माधव कार्कीसँग घुम्मिरहन्थे । डेढ वर्ष अघि पुष्पले पठाएको करिब ८० लाख रुपैयाँमध्ये ५३ लाखले यता पुष्पकी श्रीमतीले जग्गा लिए र उनको नाम पास गरिन । पुष्पले सबै कुरा थाहा पाएपछि आफ्नो सम्पत्ति र छोरा फिर्ता मागे ।


अनी श्रीमती रमिना सम्पर्कविहीन बनिन् । माधव कार्की काठमाडौँको गौरिघाटस्थित बसोबास गर्दै आएको पाइएको छ । ललितपुरको ठाइबास्थित डेरा गरेर बस्दै आएका रमिना श्रेष्ठ डेरामा नभएको समेत जानकारी प्राप्त भएको छ । मेलमिलापको लागि धेरै पट्क कोशीस गर्दा पनि रमिना श्रेष्ठ र आफन्तबाट भने केही प्रतिक्रिया नदिएको बताएको छ । पुष्प सुनुवारले रमिना श्रेष्ठसँग कुरा गर्दा माधव कार्कीसँग आफूहरु छुट्नै नसक्ने र धेरै सहयोग गरेको समेत सुनाएको थियो ।

आफू विदेशमा मरिमरी दु:ख गर्नु र श्रीमतीले यता अर्कैसँग अनैतिक सम्बन्ध कायम गर्नु पक्कै पनि गलत कुरा होइन भन्न सकिन्न । परपुरुषसँग अनैतिक सम्बन्ध कायम गरी पुष्पका आफन्तसँग रमिना श्रेष्ठ गाली गलौजमासमेत
उत्रेको भनाइ छ । परपुरुष  केही महिना अगाडि रमिना श्रेष्ठले पुष्प सुनुवारलाई म्यासेन्जरमा स्क्रिन सेअर गरी माधव कार्की नाम गरेको व्यक्तिसँग देखाएको कल लिस्ट ।

  • ४ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech