घाँटी रेटेर बाबुको हत्या

असल शासन प्रतिनिधि

नेपालगन्ज/ एक छोराले आफ्नै बाबुलाई छुरा प्रहार गरेर हत्या गरेका छन् । दाङको शान्तिनगर गाँउपालिका ३ का स्थानीय १९ वर्षीय  गोपाल मगरले ६३ वर्षीय बाबु कर्णबहादुर मगरको हत्या गरेको दाङ प्रहरीले जानकारी दिएको छ ।

बेलडाँडा स्थित आफ्नै घर आँगनमा सामान्य भनाभन भएकै अवस्थामा बुधबार दिँसो १ बजेको समयमा तरकारी काट्ने चक्कुले बाबुको घाँटी काटेर हत्या गरेकोे इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक नविन चुदालीले बताए ।
हत्या गरेको आरोपमा प्रहरीले गोपाल मगरलाई नियन्त्रणमा लिएको छ ।

  • ४ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech