बर्दिया अस्पतालका मेसु पाण्डे र सर्जन डा.उपाध्याय विभूषित

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बर्दिया अस्पतालका मेसु डा. सुभाष पाण्डे र जनरल सर्जन डा. विजय उपाध्यायलाई लुम्बिनी प्रदेश सरकारले विभूषित गरेको छ । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा मंगलबार १० वटा विधामा ५७ जनालाई विभूषित गरेको छ । प्रदेश राजधानी दाङको भालुवाङमा एक कार्यक्रमको आयोजना गरी विभूषित व्यक्तिहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले पदक प्रदान गरेका हुन् ।

बर्दिया अस्पतालका मेसु डा.पाण्डे र उनकी धर्मपत्नि नेपालगंज मेडिकल कलेजमा कार्यरत स्त्री रोग विशेषज्ञ कविता सिन्हा विभूषित भएका छन् । विभूषित भएका चिकित्सक दम्पती चिकित्सकिय सेवा दिन अब्बल छन् । बर्दिया अस्पतालका मेसु डा. पाण्डेले कोरोना संक्रमितको उपचारमा चिकित्सकीय एवम् व्यवस्थापकिय रुपमा विशेष योगदान पुर्‍याइ संक्रमितहरुको उपचारमा सहज बनाए वापत प्रदेश सरकारले उनलाई विभूषित गरेको छ । मेसु पाण्डेलाई प्रदेश सेवा पदक‘ख’बाट विभूषित गरेको छ ।

त्यसैगरी उनकी धर्मपत्नि डा.सिन्हाले काठमाडौं उपत्यका बाहिर पहिलो पटक कोभिड–१९ संक्रमित प्रसूतिको शल्यक्रियाका साथै प्रसूतिहरुको सफल उपचार गरेबापत समाजसेवा श्री पदकबाट विभूषित गरेको छ ।

यसरी मेसु पाण्डेको दम्पती चिकित्सकिय सेवा गरेर चर्चा पाईरहेका छन् । बर्दिया अस्पतालमा कार्यरत जनरल सर्जन डा. उपाध्यायलाई प्रदेश सरकारले प्रदेश सेवा पदक ‘ख’ प्रदान गरेको छ । कोरोना संक्रमणकालको समयमा चिकित्सकीय सेवालाई प्राथमिकतामा राखी सेवा प्रदान गरेबापत प्रदेश सरकारले उच्च मूल्यांकलन गर्दै विभूषित गरेको छ ।

  • ४ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech