सीता प्रथम दलित महिला सिडियो

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सीतापरियार प्रथम दलित महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेकी छन् । उनलाई गृह मन्त्रालयले हुम्लाको सीडीओमा खटाएको हो । यसअघि उनी भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिइन् ।

कास्कीको रुपा गाउँपालिका–१ स्थायी निवासी परियारले शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् । उनी सेवा प्रवेश गरेको दशक बितिसकेको छ । भक्तपुरमा सहायक सीडीओ हुनुअघि उनले तत्कालीन जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीकोरुपमा समेत अनुभव संगालेकी छिन् । यसबीचमा उनले तीनवटा उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा समेत काम गरिन् । उनले धनुषाको जनकपुरधाम उपमहानगरपालिका, काठमाडौंको किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेकी थिइन् ।

  • ५ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech