६ प्रश्नमा धिरजंग शाह

असल शासन प्रतिनिधि

धिरजंग शाह (प्रमुख)
स्वास्थ्य कार्यालय, बाँके

 

१. तपाईको जीवनको आदर्श के हो ?
– नैतिवान, सदाचार र निष्पक्षता मेरो जीवनको आदर्श हो ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
– मेरो घर परिवार, पाठशाला, शिक्षक र अरुहरुलाई देखेर म उत्प्रेरित हुँदै यहाँसम्म आई पुगेको हुँ ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– नागरिकहरुलाई स्वस्थ बनाउन सरकारको तर्फबाट प्रतिनिधिको काम गरिरहेको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– ठूलो दुर्घटनाबाट बाँच्न सफल भएको क्षण नै मेरो जीवनको अविस्मरणीय क्षण हो ।

५. तपाईको बुझाइमा असल शासन भनेको के हो ?
– सरकारबाट प्राप्त सेवा, सुविधा सरल, सुखद् र सहज तरिकाले आम नागरिकले प्राप्त गर्न सक्नु नै असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
– सुस्वास्थ्य, सुशासन र अमन चयनको लागि म मेरो जीवन पर्यन्त काम गर्ने छु । यो नै समाजका लागि मेरो प्रतिबद्धता हो ।

प्रस्तुतिः मुना विष्ट

 

  • ६ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech