राखियो त्रिभुवन चौकमा शालिक

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालगन्जको त्रिभुवन चौकमा राजा त्रिभुवन चौकको शालिक राखिएको छ । प्रजातन्त्र दिवसको अवसरमा राजा त्रिभुवनको शालिक राष्ट्रबादी देशभक्त युवाहरुको नामबाट शनिबार शालिक स्थापना गरिएको हो ।

लामो समयदेखि शालिकविहीन रहेको त्रिभुवन चौकमा ठूलो संख्यामा उपस्थित भएका युवाहरुले शालिक राख्दै राजाका पक्षमा नाराबाजी गरेका थिए ।

धम्बोझी चौकमा राजा वीरेन्द्रको शालिक राख्ने हल्ला चलाई त्रिभुवन चौकमा शालिक राखिएको थियो । सम्भावित झडपलाई मध्ये नजर गर्दै दुवै चौकहरुमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राजा विरोधीहरुले शालिक भत्काउने सम्भावनालाई मध्ये नजर गर्दै राजाबादी युवाहरु पहरा दिएर बसिरहेका छन् ।

  • ७ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech