एक सय दश जनालाई असल शासन जागरण र नेतृत्व विकास तालिम

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बास नेपालको बाँके शाखाले बाँके जिल्लामा गठित उपशाखा र इकाई पदाधिकारीहरुको लागि असल शासन जागरण र नेतृत्व विकास तालिम नेपालगन्जमा सम्पन्न गरेको छ । तालिमको उद्घाटन सत्रमा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निवर्तमान अध्यक्ष मन भण्डारी, केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकीको उपस्थित रहेको थियो ।

एकदिने तालिममा प्रशिक्षक मन भण्डारीले असल शासनको परिचय, तत्व र सूचनाको हकबारे प्रशिक्षण दिएका थिए । त्यस्तै प्रशिक्षक लुना बुढाथोकी र दिला शाहले सकारात्मक सोच, हेमराज भट्टले सदाचारिता, जनसहभागिता र पारदर्शीताको बारेमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षक शिव कुमार वर्माले सामुदायिक मेलमिलापको बारेमा प्रशिक्षक प्रदान गरेका थिए भने रबिन्द्र बोहराले समय व्यवस्थापन तथा मानवीय व्यवहारबारे प्रशिक्षण प्रदान गरे । त्यस्तै बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले संचार सीप र नेतृत्व विकासबारे प्रशिक्षण प्रदान गरेका थिए ।

११० जना सहभागी रहेको तालिममा बासका कर्मचारीहरु, बाँकेका आठओटै पालिकाको बास नेपालका पदाधिकारीको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण असल शासन मिडिया प्रालिका बजार प्रबन्ध तपेन्द्र मलातीले गरेका थिए ।

 

 

  • ७ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech