रेडियो सफल ९२.८ मेगाहर्ज संचालन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ मा रेडियो सफल ९२ दशमलव ८ मेगाहर्जले औचारिक रुपमा प्रशारण शुरु गरेको छ । शनिबार एक समारोहकाबीच रेडियोका उद्घाटन गरिएको हो । डुडुवा गाउँपालिकामै पहिलोपटक रेडियो संचालनमा आएको छ । रेडियोलाई गाउँपालिका उपाध्यक्ष सायदा बानोले रिवन काटेर उद्घाटन गरेकी थिइन् । लामो समयदेखि संचालनको तयारीमा रहेको रेडियो प्रजातन्त्र दिवसको अवसर पारेर रेडियो संचालनमा ल्याएको हो ।

प्रजातन्त्र पश्चात् नै देशमा नयाँ आयामको विकास भएको र प्रजातन्त्रले मानिसलाई स्वतन्त्रता प्रदान गरेको अवसर पारेर रेडियो संचालन गरिएको जनाइएको छ । संचार प्रतिष्ठान नेपालद्वारा संचलित रेडियो सफलले बाँकेको डुडुवा, नरैनापुर, राप्तीसोनारी र नेपालगञ्ज क्षेत्रलाई लक्षित गरी गरिएको प्रतिष्ठानका अध्यक्ष पोषण केसीले जानकारी दिए । रेडियोमार्फत् ग्रामीण बस्तीका समस्या, चुनौती, युवाहरु लगायतको सवाल तथा विभिन्न व्यक्तिहरुमा लुकेर रहेको क्षमता प्रस्फुटन गर्ने साथै स्थानीय सरकारलाई खबरदारी गर्दै जनतालाई सही सूचना प्रदान गरिने अध्यक्ष केसीले बताए ।

कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य लिलावती यादवले शिक्षा क्षेत्रको विकास र मानिसलाई सही सूचना र छिटो छरितो तरिकाले पु¥याउने सरल माध्यम रेडियो रहेको बताए । उनले रेडियो ग्रामीण बस्तीको विषयबस्तु उठान गर्नुपर्ने, किशोरी शिक्षालाई प्राथमिकता दिनुपर्ने र शिक्षित समाज निर्माणमा भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नं ८ वडा अध्यक्ष खुम बहादुर बस्नेतले संचार क्षेत्र राज्यको चौथो अंग भएको भन्दै यसले खासगरी नरैनापुर र डुडुवा गाउँपालिकाका क्षेत्रका जनतामुखी हुनुपर्ने बताए । उनले जनप्रतिनिधिको हेसियतबाट रेडियोलाई आवश्यक समन्वय, सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमा डुडुवा गाउँपालिका प्रेस सल्लाहकार राकेश कुमार मिश्र, अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सूर्यलाल यादवले डुडुवामा रेडियोले खेल्न सक्ने र स्थानीयले रेडियोका लागि गर्न सक्ने समन्वय सहकार्यबारे धारणा राखेका थिए ।

रेडियो सफल करिब एक दशक अघि बाँकेमा रेडियो हिमालका नामबाट संचालनमा रहेको थियो । सोही रेडियोको नाम परिवर्तन गरेर रेडियो सफलको नामबाट शनिबारदेखि डुडुवाम प्रशारण शुरु गरेको हो । रेडियोले खासगरी अवधी र थारु भाषालाई उच्च प्राथमिकता कार्यक्रम तथा समाचार दिने जनाइएको छ ।

  • ७ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech