लेखापाल भक्तराजले मापसे गरी युवतीलाई राखेर मोटरसाइकल चलाएपछि ….

असल शासन प्रतिनिधि

कैलाली/ शनिबार बिदाको दिन प्रशासनबाट अनुमति लिएर युवतीसहित चलाइएको मोटरसाइकल चालक मापसेमा परेका छन् । शनिबार से१ब ८३८ नम्बरको सरकारी मोटरसाइकल चलाइरहेको पाएपछि ट्राफिक प्रहरीले अत्तरियामा रोकेर चेकजाँच गर्दा चालकले मापसे गरेको पाइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

डोटी दीपायल सिलगढी नगरपालिका लेखापाल भक्तराज भट्टले मापसे गरेर मोटसाइकल चलाएको पाएपछि १ हजार जरिमाना गरेर छाडिएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी निरीक्षक गणेश उप्रेतीले बताए। उक्त मोटरसाइलमा एक युवती समेत सवार थिइन्।

–ईकागचबाट

  • ७ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech