लागूऔषधसहित तीन जना पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ लागूऔषधसहित बाँकेबाट २ जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरका ३८ वर्षीय साहदत अली र १८ वर्षीय अर्का एक किशोर रहेका छन् । ४ सय मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैबीच लागुऔषधसहित दाङ तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड बस्ने ३३ वर्षीय भुपलाल विक पक्राउ परेका छन् । दाङ तुलसीपुरका विकलाई उनकै घरमा लागूऔषध बिक्री गरी रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

विक लागुऔषध कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

  • ९ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech