टिप्पर दुर्घटना हुँदा ३ विद्यार्थीसहित ४ को मृत्यु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बैतडीमा टिप्पर दुर्घटना हुँदा तीन जना विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ । सिगास मावि गौरीशंकर पोखरीका विद्यार्थी बोकेर पाटन-३ कै धुरातर्फ काठ लोड गर्न गइरहेको बा३ख ४८७९ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षीय जनक राज पन्त, सिगास माविमा अध्ययनरत पाटन ३ कै १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी र १२ वर्षीय राजेशप्रसाद पन्त रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले जानकारी दिए ।

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । वडा नम्बर ३ कै १२ वर्षीय सुनिल भट्ट, १२ वर्षीय अमृत विष्ट, १३ वर्षीय सुदीप पन्त घाइते भएका छन् । टिप्परमा चालकसहित ९ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

टिप्पर सडकबाट करिब ३ सय मिटर तल खसेको थियो भने चालक फरार रहेका छन् ।

  • ९ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech