बैतडीमा युवा स्वयम् सेवकलाई अभिमुखिकरण

असल शासन प्रतिनिधि

बैतडी / दशरथचन्द नगरपालिकामा युवाहरुलाई जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता बिषयक एक दिने अभिमुखिकरण गरिएको छ ।
युनिसेफ नेपालको सहयोग तथा बास नेपालको आयोजनामा बैतडीको दशरथचन्द नगरपालिकामा युवा स्वयम् सेवकहरुलाई एक दिने क्षमता अभिबृद्धीकालगि अभिमुखिकरण गरिएको हो ।
दशरथचन्द नगरपालिकामा सञ्चालीत कोभिड १९ खोप अभियानमा सहयोग गर्ने, नगरपालिका तथा बिद्यालयहरुमा ब्यवहार परिवर्तनकालागि अभियान सञ्चालन गर्ने, बालवालिका तथा महिलाहरुको संरक्षणका लागि विभिन्न अभियानहरुमा परिचालन भईरहेका युवाहरुलाई अभिमुखिकरण गरिएको हो । अभिमुखिकरणमा कोभिड १९ सक्रमणको रोकथाम प्रभावकारी उपाय, जनस्वास्थ्यका मापदण्डहरुको सहि पालना, ब्यवहार परिवर्तनका लागि युवाहरुको भुमिका, प्रभावकारी सञ्चार लगायतका विभिन्न बिषयमा बासका कार्यक्रम अधिकृत गणेश मौनीले सहजिकरण गरेका थिए ।


अभिमुखिकरणमा सहभागि युवाहरुले नगरपालिकाले सञ्चालन गरिरहेको खोप अभियानमा सहयोग गरिरहेको बताउदै अभिमुखिकरण पश्चात नगरपालिकालाई कोभिड १९ पुर्ण खोप युक्त पालिका घोषणा गर्न आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता गरे । नगरपालिकामा ब्यवहार परिवर्र्तन लगायत सचेतना मुलक कार्यक्रमहरु सक्रिय रुपमा अगाडी बढाउने प्रतिबद्धता गरे । नगरपालिकामा अभियानलाई तिब्रता दिने युवाहरुको भनाई थियो ।
बासका जिल्ला सहजकर्ता निशा भट्टले सञ्चालन गरेको अभिमुखिकरणमा बास बैतडी शाखाका अध्यक्ष पदमराज भट्ट सहित दशरथचन्द नगरपालिकाका १५ जना युवाहरुको सहभागिता रहेको थियो ।

 

  • १० फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech