बझाङको बित्थडचिरमा अभिमुखीकरण

असल शासन प्रतिनिधि

बझाङ/ बझाङको बित्थडचिर गाउँपालिकामा युवाहरुलाई जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता विषयक एक दिने अभिमुखीकरण गरिएको छ । युनिसेफ नेपालको सहयोग तथा बास नेपालको आयोजनामा बित्थडचिर गाउँपालिकामा युवा स्वयम् सेवकहरुलाई एक दिने क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण गरिएको हो ।

बित्थडचिर गाउँपालिकामा सञ्चालित कोभिड १९ खोप अभियानमा सहयोग गर्ने, गाउँपालिका तथा विद्यालयहरुमा व्यवहार परिवर्तनका लागि अभियान सञ्चालन गर्ने, बालबालिका तथा महिलाहरुको संरक्षणका लागि विभिन्न अभियानहरुमा परिचालन भइरहेका युवाहरुलाई अभिमुखीकरण गरिएको हो ।

अभिमुखीकरणमा कोभिड १९ संक्रमणको रोकथाम प्रभावकारी उपाय, जनस्वास्थ्यका मापदण्डहरुको सहि पालना, व्यवहार परिवर्तनका लागि युवाहरुको भूमिका, प्रभावकारी सञ्चारलगायतका विभिन्न विषयमा बासका कार्यक्रम अधिकृत गणेश मौनीले सहजीकरण गरेका थिए । अभिमुखीकरणमा सहभागी युवाहरुले गाउँपालिकाले सञ्चालन गरिरहेको खोप अभियानमा सहयोग गरिरहेको बताउँदै अभिमुखीकरण पश्चात गाउँपालिकालाई कोभिड १९ पूर्ण खोपयुक्त पालिका घोषणा गर्न आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता गरे । गाउँपालिकामा व्यवहार परिवर्तनलगायत सचेतनामूलक कार्यक्रमहरु सक्रिय रुपमा अगाडि बढाउने प्रतिबद्धता गरे ।

गाउँपालिकामा अभियानलाई तीव्रता दिने युवाहरुको भनाइ थियो । अभिमुखीकरणमा बास गाउँपालिकाका जनप्रतिनिधि, युनिसेफका गाउँपालिका फोकल प्रसन कल्पना बोहरालगायत पालिकाका १५ जना युवाहरुको सहभागिता रहेको थियो ।

  • ११ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech