नेपालगन्जमा लोकसेवा तयारी कक्षा शुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जमा लोकसेवा र शिक्षक सेवा आयोगका विभिन्न कक्षाहरुको उद्घाटन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोग र असल शासन मिडियाको आयोजनामा नेपालगन्ज उमपहानगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि डा. धवल शम्शेर राणाले आज कक्षाको उद्घाटन गरेका छन् ।
लोकसेवा तयारी कक्षाको उद्घाटन गर्दै प्रमुख अतिथि डा. राणाले अन्य जिल्लाको तुलनामा बाँकेमा लोकसेवा तर्फको आकर्षण कम रहेको भन्दै युवाहरुको आकर्षण बढाउन लोकसेवा तयारी कक्षाका लागि बजेट विनियोजन गरिएको बताए । कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न मेहेनत आवश्यक पर्ने भन्दै सफलता हासिल नहुदा सम्म मेहेनतका साथ लाग्न सहभागिहरुलाई डा.राणाले अनुरोध गरे । सञ्चालीत कक्षाबाट केही प्रतिशतले लोकसेवा पास भएमा मात्रै नगरपालिकाको लगानीको उपयोग हुने भन्दै कक्षाको पुर्ण लाभ लिन सहभागिहरुलाई अनुरोध गरे ।


कार्यक्रममा बोल्दै नगर कार्यपालिका सदस्य कौसल धोबीले लक्षित बर्गका लागि उपमहानगरपालिकाले सञ्चालन गरेको लोकसेवा तयारी कक्षाको पुर्ण रुपमा उपयोग गर्न अनुरोध गरे । कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्ण प्रसाद जोशीले लोकसेवा तयारी कक्षालाई अवसरको रुपमा लिन अनुरोध गरे । बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले लोकसेवा तयारी कक्षाको सफलताको शुभकामना ब्यक्त गरे । उद्घाटन सत्रमा लोकसेवा तयारी कक्षाको कार्यतालिकाको बिषयमा जानकारी प्रशिक्षक तथा जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोबिन्द पाण्डेले गरेका थिए ।


बासका निर्देशक तथा असल शासन मिडिया सञ्चालक समिति सदस्य हेमराज भट्टले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश मिडियाका सञ्चालक समिति सदस्य लुना बुढाथोकीले गरेका थिए । कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन असल शासन मिडियाका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष नमस्कार शाहले गरेका थिए । उद्घाटन सत्रमा लोक सेवा अप्राविधिक तर्फ खरिदार र नासु, शिक्षक सेवा आयोग, प्राविधिक तर्फ स्टाफ नर्स र इन्जिनियरिंगका कक्षाहरु माघ १५ गते देखि नियमित रुपमा सञ्चालन हुनेछन् ।

 

  • १३ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech