नेपालगन्जको सार्वजनिक सुनुवाइ सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम असार आइतबार सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा बासको सहजिकरणमा भएको सुनुवाईमा विभिन्न ५ बुदें साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।

घोषणा गरिएका प्रतिबद्धताहरुमा भौतिक पुर्वाधार विकासका कार्यहरुसंगै मानविय विकासका साथै सामाजिक विकासका कार्यहरु प्रभावकारी रुपले सञ्चालन गर्ने, नेपालगन्ज वडा नम्बर मा लामो समयदेखि अव्यवस्थित रुपमा यातायातका साथनहरु पार्किङ्ग हुने गरेकाले वसपार्कमै पार्किङ्ग गर्नका लागि आवश्यक पहल गर्ने, नेपालगन्जको न्युरोड स्थित सेतुबिक चोक नजिक रहेको सडक मर्मत गर्ने, सेतुबिक चो लगायतका स्थानमा भइरहेको अनैतिक कार्य नियन्त्रणका लागि प्रहरी प्रशासनसंग समन्वय गर्ने, भेरी अस्पतालबाट निस्कने फोहोर सिधै ढलमा मिसिइ प्रदुषण बढिरहेकाले समस्या समाधान गर्न सम्बन्धित सरोकारवालालाई अनुरोध गर्ने, समासानमा आवश्यक दाउराको ब्यवस्थापन गर्ने र समसानघाटलाई थप प्रभावकारी बनाउने रहेका छन् ।

यसरी गरिएका सझाँ सार्वजनिक प्रतिबद्धताहरुमा सुनुवाईमा सरोकारवालाको रुपमा आसिन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणा, प्रमुख प्रशासकिय अभिकृत जगत बहादुर बस्नेत, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु र शाखा प्रमुखहरुले हस्ताक्षर गरेका थिए । सुनुवाइमा सहभागिहरुले सडक, बाटोघाटो, नाला तथा ढल निकास, लक्षित वर्ग केन्द्रित कार्यक्रम, शिक्षा, स्वास्थ्य लगायतका विषयमा सरोकावालाहरुलाई प्रश्न गरेका थिए । सहभागिहरुले गरेको प्रश्नको जवाफ दिदै नगर प्रमुख डा. धवल शमशेर राणाले आफ्नो ५ वर्षे कार्यकालमा उपमहानगरपालिकाले विकासमा फट्को मारेको बताएका थिए । यो अवधिमा थुप्रै विकास निर्माणको कार्य भएको भन्दै आगामी दिनमा अधुरा रहेका कामहरु पुरा गर्ने गरी लागि परेको प्रमुख राणाले बताए ।

बासका निर्वतमान अध्यक्ष मन भण्डारीले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा उपाहानगरपालिकाले गरेको कार्यक्रम तथा उपलब्धिहरुको बारेमा जानकारी नगर प्रमुख डा. धवल शमसेर राणाले गरेका थिए । बासका महासचिब शिव कुमार वर्माले स्वागत तथा उद्धेश्यमाथि प्रकाश पारेको सुनुवाईमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्र सर्वेक्षणको नतिजा सार्वजनिक गरेका थिए ।

 

  • १५ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech