चितुवाको छाला सहित तीन जना पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । कोहलपुर प्रहरीले बैजनाथ गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
बैजनाथ गाउँपालिका वडा न. ५ बाट चितुवाको छाला सहित पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका यम बहादुर विश्वकर्मा, बर्दिया मधुवन नगरपालिकाका आकाश परियार र लाल बहादुर विक रहेको इलाका प्रहरी कार्यालय, कोहलपुुरका इन्चार्ज रविन्द्र खनालले बताए ।
चितुवाको छाला साथमा राखेर हिँडिरहेका उनीहरुलाई शंका लागेर जाँच गरिएको थियो ।

  • १५ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech