नेपालगन्जमा बाल मनोबिज्ञान तथा पुनर्ताजगी कार्यशाला

असल शासन प्रतिनिधि

नेपालगन्ज । मन्टेश्वरी एशोसीएसन बाँकेले बाल मनोबिज्ञान तथा पुनर्ताजगी कार्यशाला सम्पन्न गरेको छ ।
एशोसियसनमा आबद्ध १० वटा बिधालयका ६० शिक्षिकाको उपस्थितिमा माघ १४ गते उक्त कार्यशाला भएको थियो । शिक्षकहरुको व्यक्तित्व बिकाश र आत्मबल प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यशालामा बाल मनोबिज्ञान र शिक्षक उत्प्रेरणाका बिषयमा मन्टेश्वरी एशोसियसन बाँकेकी अध्यक्ष लुना बुढाथोकी, प्रारम्भिक वाल विकासका बिषयमा अतिथि तथा प्रशिक्षक रेणु शेरचनले सहजिकरण गरेका थिए । यसैगरी शैक्षिक सामग्रीहरुको प्रयोगका बिषयमा एशोसियसनकी कोषाध्यक्ष खिमा थापा र मण्टेश्वरी बिधालयमा शिक्षकहरुको भुमिका र कक्षा कोठा व्यवस्थापनका बिषयमा एशोसियसनकी उपाध्यक्ष दुर्गा वजगाँइले सहजीकरण गरेका थिए ।

]

मन्टेश्वरी एशोसीएसन बाँकेका अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको कार्यशालाको सञ्चालन मन्टेश्वरी एशोसीएसन सचिव प्रभा थापा मगरले गरेका थिए । कार्यक्रममा एशोसीएसनका सह–सचिव निशा देबकोटाले स्वागत गरेका थिए । कार्यशालामा सह–कोषाध्यक्ष सिता पौडेलले मनोरञ्जन गराएका थिए । कार्यशालाको अन्त्यमा सहभागीहरु पार्वती गौतम, कल्पना पौडेल, सन्ध्या मल्ल र निशा थापाले आफ्ना अनुभव सुनाएका थिए ।

  • १५ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech