रानीतलाउ आकर्षणको केन्द्र बिन्दु

रास्टि बुढा मगर

रानीतलाउ आकर्षणको केन्द्र बिन्दु

नेपालगन्ज/ नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ८ मा रहेको रानि तलाउ पार्क सबैको लागि आर्कषणको केन्द्र बिन्दु बनेको छ ।

बिगत लामो समय देखि बन्द रहेको उक्त तलाउ ब्यवस्थित रुपमा २०७४ असोज ५ गते देखि सञ्चालनमा आएपछि आकर्षणको केन्द्र बिन्दु बनेको हो ।

हरेक दिन बिहान ८ बजे देखि सञ्चालनमा आउने उक्त पार्क साँझ साढे ६ बजे सम्म खुल्ने गर्दछ । सो समयमा आन्तरिक पर्यटकहरु आउने गर्छन् ।

उक्त पार्क घुम्नको लागि टिकटको ब्यवस्था गरिएको छ । हाललाई टिकटको शुल्क १० रुपैयाँ कायम गरिएको छ भने पार्कमा रहेको बोटिङको शुल्क २५ रुपैयाँ कायम गरिएको तलाउमा कार्यरत कर्मचारी दिपक खनाल बताउँछन् । पार्कमा ३ जना कर्मचारीहरु तलाउ ब्यवस्थित गर्न तल्लिन रहेका छन् ।

पार्कमा अहिले माछा पालन पनि गरिएको छ । माछा पालनबाट बार्षिक रुपमा ५ लाख भन्दा बढि कारोबार हुने गरेको खनालले बताए । हाल दिनमा एक सय भन्दा बढि पर्यटकहरु त्यहाँ घुम्न जाने गरेका छन ।

बिशेष गरी पार्क घुम्नको लागि सार्बजनिक बिदा र शनिबार घुईंचो लाग्ने गरेको छ । चमेना गृह नहुँदा समस्या परेको र चमेना गृह सञ्चालनमा ल्याउनको लागि पहल गर्नुपर्ने उक्त तलाउ घुम्न जानेहरु बताउँछन् ।

पानीको पोखरी फोहर भएकोले सफाई गर्नुपर्ने माग स्थानीयको रहेको छ ।
– प्रशिक्षार्थी पत्रकार

 

  • १६ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech