आकर्षणको केन्द्र रानीतलाउ

रास्टी बुढा मगर

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिकाको वडा नं ८ मा रहेको रानि तलाउ पार्क सबैको लागि आकर्षणको केन्द्र बिन्दु बनेको छ । विगत लामो समयदेखि बन्द रहेको उक्त तलाउ व्यवस्थित रुपमा २०७४ असोज ५ गतेदेखि सञ्चालनमा आएपछि आकर्षणको केन्द्र बिन्दु बनेको हो ।

हरेक दिन बिहान ८ बजेदेखि सञ्चालनमा आउने उक्त पार्क साँझ साढे ६ बजेसम्म खुल्ने गर्दछ । सो समयमा आन्तरिक पर्यटकहरु आउने गर्छन् ।

उक्त पार्क घुम्नको लागि टिकटको व्यवस्था गरिएको छ । हाललाई टिकटको शुल्क १० रुपैयाँ कायम गरिएको छ भने पार्कमा रहेको बोटिङको शुल्क २५ रुपैयाँ कायम गरिएको तलाउमा कार्यरत कर्मचारी दिपक खनाल बताउँछन् । पार्कमा ३ जना कर्मचारीहरु तलाउ व्यवस्थित गर्न तल्लीन रहेका छन् ।

पार्कमा अहिले माछा पालन पनि गरिएको छ । माछा पालनबाट वार्षिक ५ लाख भन्दा बढीको कारोबार हुने गरेको खनालले बताए । हाल दैनिक एक सय भन्दा बढी पर्यटकहरु त्यहाँ घुम्न जाने गरेका छन् ।

विशेष गरी पार्क घुम्नको लागि सार्वजनिक बिदा र शनिबार घुइँचो लाग्ने गरेको छ । चमेना गृह नहँुदा समस्या परेको र चमेना गृह सञ्चालनमा ल्याउनको लागि पहल गर्नुपर्ने उक्त तलाउ घुम्न जानेहरु बताउँछन् । पानीको पोखरी फोहर भएकोले सफाइ गर्नुपर्ने माग स्थानीयको रहेको छ ।
प्रशिक्षार्थी पत्रकार

 

  • १६ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech